February 10th, 2020

Dish Home मा Dealer दाईको Discount


बैंकिङ खबर । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले Dish Home मा Dealer दाईको Discount नामक अफर ल्याएको छ, जस अनुसार डिशहोमका डिलरहरु मार्फत Fund Transfer बाट बार्षिक रिचार्ज गरे बापत Add-On प्याकेज सहित Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ भने हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित्नेछन् । Weekly Lucky Draw कार्यक्रम २०७६ माघ २७ गते देखि बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ । Weekly Lucky Draw २०७६ फागुन २ गतेबाट डिशहोमको Showcase Channel No. 100 मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुक्रबार देखि बिहिबार सम्म बार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको Lucky Draw समावेश गरिनेछ ।Fund Transfer बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र Weekly Lucky Draw मा समावेश गरिने छ । समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको CAS ID को आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले Fund Transfer बाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]