Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

सामाजिक संजालबाट डलर बुस्ट गर्नेलाई तीन गुणासम्म जरिवाना

२०७६ माघ १८ गते

बैंकिङ खबर । अब सामाजिक सञ्जालमार्फत डलर बुस्ट गर्नेले तीन गुणासम्म जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको एक सूचनामा फेसबुक, ट्विटर, युट्युव जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी भएको उल्लेख गर्दै यस्तो कार्य गर्नेलाई कारबाही गर्ने उल्लेख गरिएको छ ।

अनौपचारिक माध्यमबाट मुद्रा विदेशिने क्रमलाई नियन्त्रण गर्न राष्ट्र बैंकले यस्तो कदम चालेको हो । सूचनामा भनिएको छ, ‘यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ र प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।’

विदेशी विनियम २०१९ को दफा १७ मा बैंकले तोकेको कुनै पनि प्रक्रिया विपरीत कुनै पनि व्यक्तिले कुनै काम गरेमा सो काम गरे वापत कसुरसँग सम्बन्धित विदेशी विनियम जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिवाना लेखी तीन गुणासम्म जरिवाना हुने उल्लेख छ ।

त्यस्तो कसुरसँग सम्बन्धित विदेशी बिनिमय जफत गर्न नमिल्ने अवस्थाको कसुर भएमा त्यस्तो कसुरसँग सम्बन्धित विदेशी बिनिमयको विगो कायम गरी त्यसरी कायम हुन आएको बिगो बमोजिम जरिवाना बमोजिम बिगोको तीन गुणासम्म थप जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै, उप दफा १ मा बिगो कायम गर्दा रकम खुल्न वा खुलाउन नसकिने अवस्था आइपरेमा कसुरको मात्रा हेरी २ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।