Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

३३ करोडको बैदेशिक रोजगार बचतपत्र असार २९ गते : कसरी दिने आवेदन ? हेर्नुस् विस्तृतमा

२०७३ असार १६ गते
सेयर:

nepal rastra bankनेपाल राष्ट्र बैंकले ३३ करोड ७९ लाख १५ हजार रुपैयाँको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले ५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र २०७८ क निष्काशन गर्न लागेको हो । ९ प्रतिशत व्याजदर र प्रत्येक ६ महिनामा व्याज भुक्तानी गरिने बचतपत्र वैदेशिक रोजगारीमा रहेका वा वैदेशिक रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीले आफू र आफ्ना परिवारका सदस्यको नाममा खरिद गर्न सक्नेछन् । इच्छुक नागरिकले कम्तीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजारले निशेष भाग जाने गरी निष्काशन हुने रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । आगामी असार २९ गते निष्काशन हुने बचतपत्र खरिदका लागि आगामी असार २३ र २४ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

बचतपत्र खरिदका लागि आवेदन फारम लिन यहाँ क्लिक गर्नुहोस् ।

कहाँ बुझाउने आवेदन फारम ?

bachatpatra