कर्मचारीको उमेर हदवन्दी र सेवा अवधिका विषयलाई लिएर नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा निवयमावली २०६८ को परिच्छेद १० को विनयम १११ को व्यवस्था कायमै हुनुपर्ने भन्दै उनीहरुले गभर्नर कार्यकक्ष घेराउ गरेका छन् । आन्दोलनरत कर्मचारीहरुले व्यवस्थापनलाई दवाव दिन सो मागका पक्षमा राष्ट्र बैंकका ७ सय जना कर्मचारीको हस्ताक्षर समेत संकलन गरेका छन् । कर्मचारीको सेवा अवधि ३० वर्ष तथा अनिवार्य अवकास ५८ वर्ष उमेर हद कायमै रहनुपर्ने उनीहरुको माग छ ।