नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरूले अवकाशपछि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने भएका छन् । गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशक, निर्देशकलगायता कर्मचारीहरुले अवकाश पनि कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने प्रावधानलाई थप कडाइ गर्न लागिएको हो । राष्ट्र बैंक ऐनको संशोधित विधेयक छलफलको क्रममा संसदमा समेत यो विषयलाई उठाइएको छ ।
सांसदमा पेस भएको संशोधित विधेयकको दफा १ सय ६ (क) मा गभर्नर भइसकेका व्यक्तिहरूले बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था छ । यस्तै डेपुटी गभर्नरले अवकाश भएको मितिले सात वर्षसम्म र कार्यकारी निर्देशकले ५ वर्षसम्म वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था छ । उक्त विधेयकउपर परेको संशोधन माथि अर्थ समितिले उपसमिति गठन गरी दफावार छलफल सुरु गरेको छ ।