Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारी अवकाशपछि वित्तीय संस्थामा जान नपाउने व्यवस्थामा थप कडाइ

admin २०७३ असार १५ गते
सेयर:

nepal rastra bankनेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरूले अवकाशपछि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने भएका छन् । गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशक, निर्देशकलगायता कर्मचारीहरुले अवकाश पनि कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने प्रावधानलाई थप कडाइ गर्न लागिएको हो । राष्ट्र बैंक ऐनको संशोधित विधेयक छलफलको क्रममा संसदमा समेत यो विषयलाई उठाइएको छ । 

सांसदमा पेस भएको संशोधित विधेयकको दफा १ सय ६ (क) मा गभर्नर भइसकेका व्यक्तिहरूले बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था छ । यस्तै डेपुटी गभर्नरले अवकाश भएको मितिले सात वर्षसम्म र कार्यकारी निर्देशकले ५ वर्षसम्म वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था छ । उक्त विधेयकउपर परेको संशोधन माथि अर्थ समितिले उपसमिति गठन गरी दफावार छलफल सुरु गरेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।