Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

अब एटिएमबाट एक दिनमा एक लाख झिक्न पाइने, एक पटकमा २५ हजार

२०७६ पुष १८ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले एटिएमबाट झिक्न पाइने रकमको सीमा बढाएको छ । एटिएम ह्याकिङ प्रकरणपछि राष्ट्र बैंकले एक दिनमा एक लाख रुपैयाँ झिक्न पाउने सीमालाई ६० हजारमा झारेको थियो भने एकपटकमा २५ हजार झिक्न पाइने गरेकोमा २० हजारमात्रै झिक्न पाइने व्यवस्था गरेको थियो । अब भने पुनः एक दिनमा एक लाख झिक्न पाइने र एक पटकमा २५ हजार झिक्न पाइने व्यवस्था लागू भएको छ ।

अब एटिएमबाट प्रिपेड कार्ड र डेबिट कार्डमार्फत न्युनतम पाँच सय रुपैयाँ झिक्न पाइन्छ । एक पटकमा अधिकतम २५ हजार रुपैयाँ झिक्न पाइन्छ भने एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाइन्छ । पष्ओएसके टर्मिनलबाट एक दिनमा २५ हजार र एक महिनामा ५० हजारको कारोबार गर्न पाइन्छ । त्यस्तै, एनएफसी कन्ट्याक्टलेस कार्डबाट एक पटकमा दुई हजार झिक्न पाइन्छ ।

राष्ट्र बैंकले एटिएम बुथमा २४ घण्टा सुरक्षा गार्ड राख्नुपर्ने निर्देशन पनि खारेज गरेको छ ।