June 29th, 2016

आगामी मंगलबार ५६ करोडको ट्रेजरी

nrbनेपाल राष्ट्र बैंकले आगामी मंगलबार ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको ट्रेजरी विक्रि गर्न लागेको हो । ट्रेजरीको सावाँ भुक्तानी अवधि १८ गतेसम्म रहेको छ । राष्ट्र बैंकले तरलता (लगानीयोग्य पुँजी) प्रशोचनका लागि पटकपटक ट्रेजरी विक्रि गर्दै आएको छ । फलस्वरुप वित्तीय तरलता पनि घटिरहेको राष्ट्र बैंकले जनाएको छ । हाल २० अर्ब मात्रै अधिक तरलता रहेको बताइएको छ ।