कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको टिकेटिंग पार्टनरमा प्रभु पे


बैंकिङ खबर । अखिल नेपाल फुटबल संघ (एन्फा) द्धारा आयोजित कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग २०७६ त्रिपुरेश्वर स्थित दशरथ रंगशाला र केही लिग सातदोबाटोको एन्फा कम्प्लेक्समा भइरहेको छ । मंसिर २८ गतेबाट शुरु भएको लिगमा टिकेटिंग पार्टनर प्रभु पे मोबाइल वालेट रहेको छ । रु.५०० को भि.आइ.पी, रु.२००को साधारण गरी दुई प्रकारको र विद्यार्थी, वृद्धवृद्धा साथै अंगभंग भएकाहरुलाई भने सहुलियत टिकट प्रभु पे मार्फत अनलाइन टिकट खरीद गर्ने व्यवस्था रहेको छ । यस पटक टिकटको व्यवस्थापन प्रभु पे मोबाइल वालेटको डिजीटल प्रविधिबाट टिकट पेमेन्ट सिस्टम सहज र सरल रुपमा भइरहेको तथा यो सिस्टमबाट हिसाब समेत पारदर्शी भएको एन्फाका पदाधिकारीले जानकारी दिनुभएको छ । पहिले पहिलेको टिकेटिंग सिस्टम भन्दा यसपटकको प्रभु पे बाट गरिएको टिकेटिंग प्रक्रिया प्रभावकारी र विश्वसनीय रहेको समेत जनाइएको छ । प्रभु पे मोबाइल एप वा कियोस्क (KIOSK) मेसिनबाट प्रभु पे आइकनको इभेन्टमा गएर आफूले हेर्न खोजेको म्याचमा क्लिक गर्ने र खरीद गर्न ईच्छुक टिकटको विवरण र संख्या उल्लेख गरी परचेज अर्थात खरीद बटनमा क्लिक गर्ने र व्यक्तिगत विवरण ( नाम र टेलिफोन नम्बर ) उल्लेख गरेपछि खरीद प्रक्रिया सकिने प्रभु पे का पदाधिकारीले जानकारी दिएका छन् । टिकटको साथमा आफ्नो फोटो सहितको परिचयपत्र लिएर म्याच हेर्न जान समेत उहाँले अनुरोध गर्नुभएको छ । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग २०७६ मामनाङ मस्याङ्गदी क्लब, थ्री स्टार क्लब, जावलाखेल युवाक्लब, च्यासलयुवाक्लब, फ्रेन्ड्स क्लब, ब्रिगेड ब्वाइजक्लब, त्रिभुवनआर्मी क्लब, नेपालपुलिस क्लब, नेपाल ए.पीएफक्लब, सरस्वती युृवाक्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, मछिन्द्र फुटबल क्लबर न्यूरोड टिम गरी १४ वटा क्लबहरु यस लिगमा सहभागी भएका छन् । जम्मा ९१ वटा म्याच रहने यस लिगकाविजेता टीमले रु.५लाख प्राप्त गर्ने आयोजकले बताएको छ ।