Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पोखरा र जोमसोम जोड्ने सडकमा लगानी गर्न चिनियाँ बैंक इच्छुक

२०७३ असार १४ गते

jomsomपोखरा र जोमसोम जोड्ने सडक विस्तारमा लगानी गर्न चिनियाँ बैंक इच्छुक देखिएको छ । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ सदरमुकाम जोमसोम जोड्ने सडक स्तरोन्नतिमा लगानी गर्न चीनको एक्जिम बैंकले चासो देखाएको हो । हाल सो सडकखण्डको बेनी–जोमसोम (७२ किलोमिटर) पूरै कच्ची रहेको छ । चिनियाँ प्राविधिकको एक टोलीले केही महिनाअघि नै यो सडकको सर्भे समेत गरिसकेको बताइएको छ । चिनियाँ लगानीकर्ता आउने सम्भावना बढेपछि नेपाल सरकार आफैँले सुरु गरेको आन्तरिक प्रक्रिया रोकेको छ । सडक विभागले यो सडकको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार पारेको थियो । जसअनुसार, ७२ किलोमिटर सडक कालोपत्रे गर्न करिब ४ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरेको थियो ।