नेपाल बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल, दक्ष कर्मचारी उत्पादनमा जोड

बैंकिङ खबर । नेपाल बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल चयन भएका छन् । संघको ३३ औ साधारणसभाले उनलाई अध्यक्ष चयन गरेको हो । बैंकर्स संघको अध्यक्ष बनेपछि दाहालले अहिलेको कानुनले इमान्दार बैंकरलाई काम गर्ने वातावरण नभएको दुखेसो गरेका छन । दाहालले बैंक अफ काठमान्डूका तत्कालिन सीईओ अजय श्रेष्ठको घटनापछि ऋणको फाइल स्वीकृत गर्न बैंकरहरुलाई धेरै कुरा सोँच्नुपर्ने अबस्था सृजना भएको बताए । उनले अहिलेको कानुनले इमान्दार बैंकरलाई पनि समस्यामा पार्नसक्ने बताए । उनले आफ्नो कार्यकालमा बैंकमा दक्ष कर्मचारी उत्पादनमा विशेष जोड दिने लक्ष्य लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.