December 3rd, 2019

बैंकर्स संघमा अब भुवन दाहालको नेतृत्व

बैंकिङ खबर । नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल निर्विरोध निर्वाचित हुने भएका छन । उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्ममा दाहालको मात्र उम्मेदवारी परेकोले उनी निर्बिरोध चयन हुने पक्का भएको हो । उनले संघको कार्य समिति सदस्य रहेर दुई कार्यकाल विताइसकेका छन् ।

संघले आगामी अध्यक्ष चयनका लागि निर्वाचन कमिटि गठनगरि मंसिर १७ गतेसम्म उमेद्धवारी दर्ता, १८ गते उमेद्धवारी फिर्ता र १९ गते संघको साधारणसभाबाट अध्यक्ष चयन गर्ने कार्यतालिका बनाएको थियो । उम्मेदवारी दिने अन्तिम म्यादसम्म संघको उपाध्यक्षमा पनि नेपाल एसबीआई बैंकका सिइओ अनुकुल भट्नागरको मात्रै उम्मेदवारी परेको छ । अहिले पनि उपाध्यक्षमा भट्नागर नै छन् ।

संघको अन्य कार्यकारी सदस्यहरुमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली, एनसिसि बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश रमेश राज अर्याल, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवर, एनएमबी बैंकका सुनिल केसी, सिभिल बैंकका गोविन्द गुरुङ र माछापुच्छ्रे बैंकका सुमन शर्मा रहेनछन् ।

विहीबार संघको वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले दाहालको नेतृत्वमा नयाँ कार्यसमितिको अनुमोदन गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]