Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको नाम अगाडि

२०७६ मंसिर १५ गते

बैंकिङ खबर । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बैंकर्स संघको अध्यक्षमा चयन हुन लागेका छन् । यसका लागि सम्पूर्ण वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको आगामी १९ गते हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ।
नयाँ नेतृत्व चयनको लागि संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माको नेतृत्वमा निर्वाचन समिति गठन भइसको स्रोतले बताएको छ। साधारणसभाले अगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्न लागेको हो । हाल बैंकर्स संघका वर्तमान अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।