आइतबार नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक हाल सम्मकै उच्च ३७ दशमलब ६६ अंकले बढेर १६८५ अंकमा पुगेको छ हो । दिन १३५ कम्पनीको करिब ६३ लाख ९३ करोड कित्ता शेयर एक अर्ब ६० करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ ।
साताको पहिलो दिन आइतबार अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर शेयर, प्रोगेसिभ फाइनान्स, मनास्लु बिकास बैंक, साझा विकास बैंक र नयाँ नेपाल लघुवित्त विकास बैंकको शेयर मूल्यमा करिब १० प्रतिशत कमाएका छन् । सो दिन भार्गव विकास बैंक लिमिटेड प्रमोटर शेयरका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।
सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक ३९ अंकले उक्लिएको छ । बैंकिङ् समूहको ३३ र विकास बैंकको ८ अंकले परिसूचक बढेका छन् । त्यस्तै, उत्पादनमूलक समूहको परिचूक सबैभन्दा बढी करिब ३६ अंकले झरेको छ भने अन्य समूहको परिसूचक कायमै छ ।