Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

एटीएम ह्याकिङमा संलग्न आरोपीको थुनछेक बहस सुरु

२०७६ कार्तिक २१ गते

बैंकिङ खबर । गत भदौ १४ गते भएको एटिएम ह्याकिङ प्रकरणमा संलग्न आरोपीहरुको थुनछेक बहस सुरु भएको छ । उच्चअदालतका न्यायधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको संयुक्त इजलाशमा विहीबारदेखि उच्च अदालत पाटनमा थुनछेक बहस सुरु भएको हो ।

नेपाल इलेक्ट्रक पेमेन्ट सिस्टम (नेप्स)को सिस्टमा ह्याक गरी नेपाल र भारतको विभन्न एटएएम बुथ प्रयोग गरी साढे ३ करोड भन्दा बढी रकम चोरी भएको घटनाको अनुसन्धान गरी नेपाल प्रहरीले आठ चिनियाँ र चार नेपाली नागरिक गरी १२ जना बिरुद्द मुद्दा दायर गरेको छ । प्रतिवादीहरुमा झु लियाङ्गगाङ्ग, चेन बिनबिन, लिन जियानमेङ्ग, लु जियालेई, कियु युनकिङ्ग, जु लुक्ली, जु मिन, हुवाङ्ग हे, रेवती दुवाडी, रोशन प्रधान श्रेष्ठ, देवनाथ लामिछाने र राजन श्रेष्ठ रहेका छन् । यस प्रकरणमा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।