June 24th, 2016

नेपालमा झन्डै ८ अर्बको लगानी गर्दै ब्रिटिस भर्जिन आइल्याण्डका १४ उद्योग

investingब्रिटिस भर्जिन आइल्याण्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा ७ अर्ब ९६ करोड ७० लाख रुपैयाँ लगानी गर्ने भएका छन् । आइल्याण्डका उद्योगले सबैभन्दा बढी लगानी रू. तीन अर्ब ७८ करोड ५० लाख नेपालको सेवा क्षेत्रमा गर्न स्वीकृति प्राप्त गरेको उद्योग विभागले बताएको  छ । आइल्याण्डका उद्योगको उक्त लगानीबाट मुलुकमा दुई हजार ५४ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

ती उद्योगमध्ये नेपाल बोर्डस लिमिटेडको रू. दुई करोड ८८ लाख ६८ हजार, होटल एण्ड लिजरको रू. ९१ करोड पाँच लाख ६५ हजार, ह्वाइट हर्स फल्स कर्पोरेशनको रू. दुई करोड २० लाख, प्लेन पान मसाला गुट्खा, स्वीट् सुपारीको रू. चार करोड ५० लाख लगानी रहेको छ ।

त्यस्तै अर्गा्निक इगटेबल्सको रू. ५० लाख, होटल विथ रेस्टुराँको रू. २४ लाख, वित्तीय लगानी योजना विकासको रू. एक अर्ब ७५ करोड ५० लाख, जिटी एण्ड टि होटलको रू. एक अर्ब ९४ करोड, घोराही सिमेण्टको रू. आठ करोड लगानी रहेको विभागले जनाएको छ ।  

विभागका अनुसार आइल्याण्डका उद्योगमध्ये प्याकेजिङ मिनरल्स मेनुफेक्चरिङको रू. २४ करोड, अर्गा्निक भेजिटेबल्सको रू. ५० लाख, टाइगर टु प्रालिको रू. ९० करोड, अस्पताल सञ्चालन गर्न रू. दुई अर्ब ८४ लाख ४३ हजार र सनसाइन भ्याली अर्गा्निक फर्मको रू. २५ करोड लगानी रहेको छ ।   

आइल्याण्डको लगानी रहेको नेपाल बोर्डस लिमिटेडले मुलुकमा पहिलोपटक २०५० साल वैशाख २ गते लगानी गर्न स्वीकृति पाएको हो भने पछिल्लो पटक २०७२ साल वैशाख ३१ गते सनसाइन भ्याली अर्गा्निक फर्मले लगानी गर्न स्वीकृति पाएको विभागको विदेशी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले बताए ।
नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५ सय ७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् भने सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको बताइएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]