October 17th, 2019

स्मार्ट कार्ड नेपाललाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको मिति २०७६/६/२७ को निर्णय अनुसार स्मार्ट कार्ड नेपाल प्रा.लि. लाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति पत्र प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकले यस कम्पनीलाई भुक्तानी तथा फछ्र्याैट विनियमावली अनुसार अनुमति पत्र (Operating License) उपलब्ध गराएको हो ।
स्मार्ट कार्ड नेपाल प्रा.लि. वि.सं. २०७१ सालमा स्थापना भएको डिजिटल प्रबिधि युक्त Payment and Deposit Gateway कम्पनी हो । यस कम्पनीका अध्यक्षमा प्रताप जंग पाण्डे रहेका छन् भने सञ्चालकमा अम्विका प्रसाद पौडेल, चिरञ्जीवी थापा, तिलक बहादुर रानाभाट रहेका छन् यस्तैे संस्थापकमा रमेश दियाली, प्रमोटर शेयर सदस्य सनराइज होल्डीङ्स प्रा.लि. सुवास आमात्य, रमेश कुमार पण्डित, प्रमुख कार्यकारी अधिकृत शिब दास सिं, लगायत रहेका छन् ।
कम्पनीले अत्याधुनिक प्रबिधि युक्त प्रिपेड स्क्रयाच कार्ड (Smart Scratch Card) र डिजिटल वालेट (Smart Wallet) को माध्यम बाट नेपालको वित्तीय क्षेत्रमा सेवा प्रवाह गर्ने छ । कम्पनीको आफ्नै प्रिपेड स्क्रयाच कार्ड मार्फत नेपालका सबै बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिने छ । त्यसै गरी उक्त प्रिपेड स्क्रयाच कार्ड मार्फत कम्पनीको आफ्नै डिजिटल वालेट लोड गरी सोही वालेट मार्फत बिभिन्न आर्थिक कारोबारहरु गर्न सकिने छ ।
कम्पनीले सम्पूर्ण प्रयोगकर्ता समक्ष वित्तिय पहुूँच पुर्याउनुका साथै नगद रहित कारोबार (Cash Less Transaction) लाई प्रोत्साहन गर्दै सानो–सानो पैसालाई समेत बैंकीङ्ग च्यानलमा ल्याई बचत गर्ने बानीको बिकासलाई प्राथमिकता दिदै नेपालको बिषेश गरी ग्रामिण भेगमा समेत सेवा प्रबाह गर्ने तयारी गरेको छ । त्यसै गरी कम्पनीले बिद्युतिय कारोबार (e-commerce) लाई मुख्य प्राथमिकतामा राखी सेवा प्रबाह गर्ने छ । कम्पनीले आफ्नो सेवा प्रवाहको लागि वेब एप्लीकेसन र मोबाईल एप्लीकेसन उपलब्ध गराएको छ । मोबाईल एप्लीकेसन एनड्रोईड र आईओएस दुबै रहेको छ उक्त एप्लीकेसनहरु अफलाईन मोडमा समेत चलाउन सकिने छ ।
कम्पनीले अनुमति पत्र (Operating License) पाईसकेको र आवश्यक तयारी समेत भैसकेको हुनाले यथा सिघ्र आफ्नो सेवा सञ्चालनमा ल्याउने तयारी गरीरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]