नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त

बैंकिङ खबर । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई नेपाल बैंकको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । देवेन्द्रपताप शाह प्रमुख कार्यकारी अधिकृत पदबाट अवकास पाएपछि उनी कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

उनले नेपाल बैंकबाट नै बैंकिङ करिअर सुरु गरेका थिए । अधिकारिसंग नेपाल बैंकमै १६ बर्षदेखि काम गरेको अनुभव छ। २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करिअर सुरु गरेका अधिकारीले बैंकको न्युरोड शाखा प्रमुख, सहायक कार्यकारी प्रमुख र कामु सीईओको रुपमा काम गरेका छन् । उनले कर्जा बिभाग प्रमुख समेत भएर काम गरेका थिए।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका छन् । अधिकारिले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सीईओमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.