Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२१ अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी विक्रि गर्दै राष्ट्र बैंक

admin २०७३ असार ९ गते
सेयर:

nrbनेपाल राष्ट्र बैंकले आगामी असार १३ गते २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको ट्रेजरी विक्रि गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको ९ अर्ब र ३६४ दिने अवधिको १२ सय ९२ करोड रुपैयाँ बराबरको ट्रोजरी विक्रि गर्ने घोषणा गरेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको ट्रेजरी आगामी असोज ११ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी २०७४ असार १३ गते परिपक्वप हुनेछ । 

यसैबिच, राष्ट्र बैंकले बुधबार १ हजार करोड रुपैयाँको रिभर्स रिपो विक्रि गरेको छ । बजारमा रहेको अधिक तरलता नियन्त्रणका लागि ७ दिने अवधिको सो रिभर्स रिपो विक्रि गरिएको राष्ट्र बैंकले जनाएको छ । सो रिभर्स रिपो असार १५ गते परिपक्व हुनेछ । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।