Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘एउटै आयोजनामा अर्बौँ लगानी गर्न सक्ने बन्दैछन् बैंकहरु’

admin २०७३ असार ८ गते
सेयर:

governor nepalनेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले अब १÷२ वटा ऋण डुब्दैमा बैंकहरु समस्यामा नपर्ने बताएको छन् । उनले बैंकहरूको पुँजीको आधार बलियो बन्दै गएकाले अब १०/१५ करोडका ऋण डुबेर बैंक समस्यामा नपर्ने बताएका हुन् । सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक एक आपसमा गाभिएपछिको एकीकृत कारोबारको उद्घाटन गर्दै गभर्नर डा. नेपालले भने, “पुँजी बढ्दै गएपछि नेपाली बैंकहरू एक्लैले एउटा आयोजनामा अर्बौं लगानी गर्न सक्ने बन्दैछन् ।” 

नाकाबन्दीले नेपालीलाई धेरै अवसरहरू देखाइदिएको भन्दै यसलाई उपयोग गर्न समेत डा. नेपालले आग्रह गरेका छन् । नेपालले बैंकहरूलाई लगानी विविधीकरण गर्न पनि सुझाव दिँदै उनले भने, “नेपालमा लगानीका लागि सबै क्षेत्रहरू सम्भावनायुक्त छन् । अनुसन्धान गरेर नयाँ–नयाँ क्षेत्रहरूमा लगानी गर्नुहोस् ।” 

राष्ट्र बैंकले ०७४ असारसम्म वाणिज्य बैंकलाई चुक्ता पुँजी बढाएर ८ अर्ब पुर्याउन निर्देशन दिएपछि साविकका सिद्वार्थ र युनिभर्सल एक आपसमा गाभिएका हुन् । दुई कम्पनी गाभिएपछि बनेको बैंकको पुँजी ३ अर्ब पुगेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।