Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

डिम्याट कारोबारका लागि दर्ता भए २ सय १ कम्पनि 

२०७३ असार ७ गते

dmatजलविद्युत तथा विकास कम्पनी (एचआईडिसीएल) को १० करोड कित्ता सेयर धितोपत्र अभौतिकीकरण (डिम्याट) का लागि दर्ता हुने भएको छ । कम्पनीको १ सय रुपैंया अंकित दरका १० करोड कित्ता सेयर डिम्याटका लागि दर्ता गर्ने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र कम्पनीबीच मंगलबार सम्झौता भएको छ । सम्झौतामा सिडिएसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता र धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने कम्पनी जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले गरे । 

यसअघि आइतबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १०० रुपैंया अंकित दरका २० लाख कित्ता सेयर धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने सम्झौता पनि भएको थियो । सो सम्झौतामा सडिएसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गुप्ता र मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले हस्ताक्षर गरेका थिए ।

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडसहित हालसम्म धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने कम्पनीको संख्या २०१ (दुई सय एक) पुगेको छ ।