September 9th, 2019

पे टाइमलाई भुक्तानी सेवा प्रदान गर्ने अनुमति, डिजिटल वालेट संचालनमा ल्याउँदै

बैंकिङ खबर । नेपाल अधिराज्यभर भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न पे टाइम प्रालिलाई नेपाल राष्ट्र बैंकले अनुमतिपत्र प्रदान गरेको छ । नेपाल सरकार, उद्योग मन्त्रालय अन्तर्गत कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएको कम्पनीले ग्राहक तथा सेवा प्रदायकको बीचमा मध्यस्थता गरी भुक्तानी गरिदिने, स्वदेशमा गरिने मनि ट्रान्सफर र विद्युतीय भुक्तानी सेवाको कार्य (पे वालेट) संचालन गर्न अनुमति पाएको छ । जसअनुसार, डिजिटल नेपाल र समृद्ध नेपाल बनाउने महान् उद्देश्यसहित नेपाल पे टाइम प्रालि ले पे टाइम नामक डिजिटल वालेट बजारमा ल्याउन लागेको छ । प्रविधिले ल्याएका अवसरहरुलाई ध्यानमा राखी सबैको हातहातमा हुने मोबाइलबाटै आफूलाई आवश्यक पर्ने वस्तु तथा सेवा लिन सक्ने सुविधा प्रदान गर्नका लागि डिजिटल वालेट बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]