Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले सुरु गर्याे विपन्न जिल्लाहरुको वित्तीय पहुँचबारे सर्वेक्षण 

admin २०७३ असार ७ गते
सेयर:

nrbनेपाल राष्ट्र बैंकले गरिबीको उच्च जोखिममा रहेका जिल्लाहरुको आर्थिक स्थिती, वित्तीय पहुँच र सम्भावनाका विषयमा सर्वेक्षण थालेको छ । राष्ट्र बैंकले मानव विकास सूचकांकमा निकै पछाडि परेका दार्चुला, बझाङ, कालिकोट, बाजुरा र हुम्ला जिल्लामा सर्वेक्षण अध्ययन थालेको हो । सर्वेक्षणमा सो जिल्लाका वित्तीय अवस्था, स्थानीय उत्पादन, गरिबी, शिक्षा, कृषि र रोजगारीका विषयमा प्रश्नावली अध्ययन गरिने छ । साथै, कर्जाको अवस्था, स्थानीय उत्पादन, बजारीकरणको अवस्था, स्थानीयस्तरमा उत्पादन हुने बाली, वित्तीय पहुँच, गरिबीको सघनता, पशुपालन, जडिबुटी र सरकारी सेवाको अवस्था जस्ता विषय पनि समेटिने छ । राष्ट्र बैंकले आर्थिक विकासमा राज्यको नीतिगत सुधार ल्याउन विभिन्न क्षेत्रको सर्वेक्षण गर्ने गरेको र त्यसैअनुरुप सो सर्वेक्षण सुरु गरिएको बताइएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।