Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सेञ्चुरी बैंकमा सिइओसँगको विवादले डेपुटी सिइओले बैंक छाडे

२०७६ श्रावण २७ गते

बैंकिङ खबर । सेञ्चुरी कमर्शियल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले पदबाट राजिनामा दिएका छन् । स्थापनाकालदेखि नै सेञ्चुरी बैंकमा कार्यरत भट्टराईले पिएचडी गर्ने भन्दै राजिनामा दिएको बताइएको छ ।

यद्यपि, सिईओसँगको विवादका कारण उनले बैंकले छोडेको बुझिएको छ । उनलाई सिईओलाई स्वतन्त्र रुपमा काम गर्न नदिने र आफूखुसी बैंक चलाउने आरोप लाग्ने गरेको थियो ।