Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

अर्थमन्त्रीका ज्वाईँ राष्ट्र बैंकको अनुसन्धान विभागमा

२०७६ श्रावण ८ गते

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरीज्वाईँ डा. रामशरण खरेलले अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् । उनले मंगलबारदेखि कार्यभार सम्हालेका हुन् ।

साढे १६ महिना अर्थमन्त्री डा. खतिवडाको निजी सचिवालयमा काजमा खटिएका खरेल यही साउन १ गतेदेखि काज फिर्ता भएर राष्ट्र बैंकमा हाजिर भएका थिए । राष्ट्र बैंकको बिराटनगर कार्यालयमा उप निर्देशककोरुपमा कार्यरत खरेल २०७४ फागुन १५ गतेदेखि अर्थ मन्त्री खतिवडाको निजी सचिवालयमा काजमा कार्यरत थिए ।