Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

प्रोग्रेशिभ फाइनान्सका अध्यक्षले गरे सपथ ग्रहण

२०७६ श्रावण २ गते

बैंकिङ खबर । प्रोग्रेशिभ फाइनान्सका नवनिर्वाचित अध्यक्ष किशोर कुमार महर्जनले सपथ ग्रहण गरेका छन् । उनले विहीबार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रसमक्ष विधिवत रुपमा सपथ ग्रहण गरेका हुन् ।

गत असार २९ गते आइतबार सम्पन्न बार्षिक साधारण सभाबाट निर्वाचित ६ जना संचालकहरु मध्येबाट महर्जनलाई अध्यक्ष चयन गरिएको थियो ।

अध्यक्षको शपथ ग्रहण गरेलगत्तै उनले नवनिर्वाचित अन्य संचालकहरुलाई पनि विधिवत रुपमा सपथ ग्रहण गराएका छन् ।