Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सनराइज बैंकको सिईओमा जनक शर्मा नियुक्त

२०७६ असार २९ गते

बैंकिङ खबर । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पौड्याललाई प्रमुख कार्यकारी पदमा सर्वसम्मतीमा नियुक्त गरेको हो ।

पौड्यालले ६ महिना अगाडि ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए ।

यसअघि सनराइज बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई सिइओ पदमा नियुक्त गरेको थियो । संचालकहरु बीचको असहमतिका कारण श्रेष्ठको नियुक्तिमा विवाद भएको थियो । संचालकबीच सहमति जुट्न नसकेपछि श्रेष्ठले सनराइज बैंक नजाने निर्णय गरेका थिए ।