माइक्रो ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ता फेरि असुरक्षाको घेरामा परेको खुलासा भएको छ । ह्याकरको एउटा समूहले ३ करोड २० लाख भन्दा बढी ट्विटर प्रयोगकर्ता एकाउन्ट ह्याक गरेको पत्ता लागेको छ । यति मात्र हैन, उनीहरुले सो एकाउन्ट ह्याक गरि व्यक्तिगत विवरण कालो बजारमा बिक्री समेत गरिरहेका छन् । तर तेसा ८८ नामको ह्याकर समूहले तीन करोड २ लाख ट्विटर प्रयोगकर्ताको पासवर्ड ह्याक गरेको दाबी गरेको छ ।
लिक लगइन डिट्यल्सको सर्च इन्जिन मानिने लिक्डसोर्सका अनुसार उसँग ट्विटरका ३ करोड २० लाख प्रयोगकर्ताको विवरण छ । यो वेबसाइटका अनुसार सबै विवरण वास्तविक हो। ह्याक भएकामध्ये १५ वटा अकाउन्ट ट्विटर भेरिफाइड समेत परेका छन् । लिक्डसोर्सले भनेको छ, ’तीन करोड २८ लाख प्रयोगकर्ताको विस्तृत रेकर्डमा इमेल आइडी, पासवर्ड समेत प्राप्त भएको छ।’
यता, ट्विटरले आफ्नो सिस्टमबाट कुनै सूचना नचोरिएको दाबी गरेको छ । ’सबै प्रयोगकर्ता सुरक्षित छन्’, ट्विटरले भनेको छ । रोयटर्सकाअनुसार ट्विटरले अकाउन्ट ह्याक भएको अस्वीकार गरेको छ उसले भनेको छ, ’प्रयोगकर्ताको कुनै पनि विवरण ह्याक भएको छैन ।’