June 16th, 2016

राष्ट्र बैंकले गर्यो पौने ५ खर्बको तरलता प्रशोचन

liquidityआर्थिक वर्ष २०७२/७३ को दश महिनासम्ममा नेपाल राष्ट्र बैंकले ४ खर्ब ७७ अर्ब ५५ करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोल मार्फत २ खर्ब ९७ अर्ब ५० करोड रुपैँया, रिभर्स रिपो मार्फत (टर्नओभरको आधारमा) १ खर्ब ७० अर्ब ९५ करोड रुपैँया तथा सोझै बिक्री बोल–कबोल मार्फत ९ अर्ब १० करोड रुपैँया तरलता प्रशोचन गरेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोल–कबोल मार्फत १ खर्ब ५ अर्ब रुपैँया, रिभर्स रिपोमार्फत २ खर्ब ७९ अर्ब ८० करोड रुपैँया तथा सोझै बिक्री बोल–कबोल मार्फत ६ अर्ब रुपैँया तरलता प्रशोचन गरेको थियो । 

आर्थिक वर्ष २०७२/७३ को दश महिनासम्ममा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब ७१ करोड खुद खरिद गरी ३ खर्ब ९२ अर्ब २५ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ८ करोड खुद खरिद गरी २ खर्ब ९९ अर्ब ६५ करोड रुपैँया खुद तरलता प्रवाह गरिएको थियो । 

समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ८० करोड र यूरो ११ करोड बिक्री गरी ३ खर्ब ८ अर्ब ४४ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ८८ करोड बिक्री गरी २ खर्ब ८४ अर्ब ७७ करोड बराबरको भा.रु. खरिद भएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]