Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा नरेश शाक्य, निर्देशकमा कुसुम लामा नियुक्त

२०७६ असार ११ गते

बैंकिङ खबर । नेपाल क्लियरिङ हाउस सञ्चालक समितिको अध्यक्षमा नरेश शाक्य चयन भएका छन् । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ अफिसमा कार्यकारी निर्देशक छन् ।

त्यस्तै, समितिले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ ।

राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडले प्रवद्र्धन गरेको यस कम्पनीको संञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट १।१ जना प्रतिनिधि रहने व्यवस्था रहेको छ ।