June 20th, 2019

सनराइज बैंकको डेपुटी सीईओमा आशा राणा अधिकारी

बैंकिङ खबर । सनराइज बैंकको डेपुटी सीईओमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । यसअघि निमित्त प्रमुख कार्यकारी अधिकृत रहेकी अधिकारीको डेपुटी सीईओमा बढुवा भएको हो ।

विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत अधिकारी सनराइज बैंकमा स्थापना कालदेखि नै रहेकी छिन् । सनराइजमा प्रवेश गर्नुअघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा छ वर्षभन्दा बढी काम गरेकी छिन् ।

त्रिभुवन विश्वविद्यालयबाट प्रथप एम.बि.ए.मा टप गरेकी अधिकारीले महेन्द्र विद्याभूषण लगायत विभिन्न विभूषण तथा स्वर्ण पदकहरु समेत प्राप्त गरेकी छिन् । उनले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक तालिमहरुमा समेत सहभागीता जनाएकी छिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]