June 14th, 2016

बानडुङग्रीसेन बजारमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा 

sunriseसनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने रणनीति अनुसार आफ्नो पाँचौ शाखारहित बैंकिङ्ग सेवा डोटी जिल्लाको बनलेक गा.वि.स.वडा नं.३  स्थित बानडुङग्रीसेन बजारमा शुरू गरेको छ । 

सो शाखारहित बैंकिङ्गको उद्घाटन बनलेक गा.वि.स. वडा नं.३ का सचिव लक्ष्मी कान्त रोश्याराले शनिबार एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा बैंकका बजार व्यवस्थापन प्रमुख रबिना आचार्यले बैंकले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री शेर बहादुर बलायरलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिन् । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्नु सकिन्छ । 

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एवं सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । यस अघि काभ्रेको मंगलटार, झापाको बाहुनडाँगी, महोत्तरीको कान्तिबजार र  मोरङ्गको  डाँगीहाटमा बैंकका चारवटा शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा छन् ।