June 14th, 2016

पौने ६ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

NRBनेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि ५ अर्ब ८० करोडको ट्रेजरी विल बोलकबोलमार्फत विक्री गर्ने भएको छ । सरकारको नाममा केन्द्रीय बैंकले मंगलबार जारी गरेको ट्रेजरी विल ९१ दिनेका लागि दुई अर्ब ५० करोड निर्धारण गरिएको छ भने ३ सय ६४ दिनेका लागि ३ अर्ब ३० करोड रुपैयाँ बुधबार बोलकाबोलमार्फत विक्री गर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय संस्थाले केन्द्रीय बैंकलाई तरलता बिक्री गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]