June 11th, 2019

सहयोगी विकास बैंकको कामु सीईओमा सुन्दर खड्का नियुक्त

बैंकिङ खबर । सहयोगी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । गत जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खड्कालाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ विनय रिजालले राजीनामा दिएपछि रिक्त पदमा बैंकले खड्कालाई नियुक्त गरेको हो । उनको कार्यकाल जेठ २६ गतेदेखि सुरु भएको छ ।

बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव रहेका खड्का नागरिक लघुवित्त वित्तीय संस्थाको पूर्व एमडी, अरनिको डेभलमपेन्ट बैंकको पूर्व डीसीईओ एवम् सूर्य डेभलपमेन्ट बैंकका पूर्व सीईओ हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]