Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर डा. नेपालको हस्ताक्षरमा नयाँ नोट बजारमा

admin २०७३ जेष्ठ ३२ गते
सेयर:

moneyसोमबारदेखि बजारमा नयाँ नोट आएको छ । गभर्नर डा. चिरजींबि नेपालको हस्ताक्षर भएको पहिलो नोट बजारमा आएको हो । यसपालीको नयाँ नोटमा केही परिवर्तन गरिएको छ । एक सयको नोट नेपालमा सुरु भएको बेलादेखि नै पछाडिको भागमा एउटा गैँडा रहने गरेको थियो । नयाँ नोटमा दुई वटा गैँडा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैँकले सोमबार सार्वजनिक गरेको सूचना अनुसार सय रुपैयाँको नोटमा माउ गैँडासँगै र बच्चा गैँडा अर्थात् केटा पनि रहेको छ । 

सुरक्षा धागो पनि फेरियो
त्यसैगरी नोटको सुरक्षा धागो पनि परिवर्तन गरिएको छ । नोटको अग्रभागमा रहने सुरक्षा धागोलाई सीधा हेर्दा रातो देखिन्छ भने ढल्काएर हेर्दा हरियो । यसलाई उज्यालो प्रकाशमा हेर्दा भने पारदर्शी देखिन्छ, जसमा अङ्ग्रेजी अक्षर एनआरबी र १०० लेखेको देखिन्छ ।

त्यसैगरी अशोक स्तम्भको चित्रसँगै  दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको छ । नोटको पानी छापमा पहिले जस्तै लालिगुँरासको फोटो राखिएको छ । फिट मेडल फिचरमा भने मायादेवीको चित्र राखिएको छ । नोटको बोर्डरमा नेपालीमा वि.सं. २०७२ र अङ्ग्रेजीमा २०१५ एडी लेखिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।