June 2nd, 2019

नेप्सले पायो भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति

बैंकिङ खबर । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्ने अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था ÷संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३” बमोजिम नेप्सलाई नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित कम्पनी नेप्स बैंक तथा वित्तीय संस्थाहरुको लागि अत्याधुनिक तथा सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । यस कम्पनीको १७ वटा बैंक तथा वित्तीय संस्थाहरुको निमित्त भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र पस सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]