June 13th, 2016

सतर्क रहनुस्, बढ्दैछ साइबर अपराध, फेसबुकमा सबैभन्दा बढी खतरा

facebookसाइबर अपराध गर्नेको संख्या बढेको पाइएको छ । चालू आर्थिक वर्षको ११ महिनामा नै गत आर्थिक वर्षभरिमा भएका अपराधको दोब्बर साइबर अपराध भएको पाइएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१/७२ मा साइबर अपराधसम्बन्धि ३ सय ९ उजुरी परेकामा आव २०७२/७३ मा ६ सय ५० उजुरी परेको छ । जुन गत आवको तुलनामा दोब्बरभन्दा बढी हो । 

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायका अनुसार, सबैभन्दा धेरै साइबर अपरनध फेसबुकमा हुने गरेको छ । उनले भने, ‘साइबर अपराधमा आएका उजुरीमध्ये करीब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको पाइएको छ ।’ फेसबुक, ट्वीटर, बैङ्किङ, अनलाइन, एटीएम लगायतको क्षेत्रमा बढी साइबर अपराध हुँदै आएको छ । चलचित्र प्रतिलिपि अधिकार हनन गर्ने एक, केटीका नाममा फेसबुक आईडी बनाएर पैसा माग्ने दुई र सरकारी वेबसाइट ह्याक गर्ने चार जनालाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ ।