April 15th, 2019

चीनले बनायो सेनाका तीनै अंगका लागि उपयोगी ड्रोंन

बैंकिङ खबर । प्रविधिमा सधै एक पाइला अगाडी रहने चीनले आफ्नो सैन्य शक्ति थप मजबुत बनाउन सशस्त्र ड्रोंनको निर्माण गरेको छ । जुन ड्रोंन सेनाका तीनै अंगका लागि अति नै उपयोगी हुने जनाइएको छ । संचार मध्यमका अनुसार उक्त ड्रोंन जल सेना, स्थल सेनाका साथै वायु सेनाका लागि एकै पटक काम गर्न सक्ने छ । यसरि एकै पटक सेनाका तीनै अंगका लागि उपयोगी हुने यो ड्रोंन विश्वकै पहिलो ड्रोंन हो ।

चिनियाँ सैन्य विश्लेषकका अनुसार युद्ध मैदानमा जमिनका साथै जल र हवाई आक्रमणको लागि यसले महत्वपुर्ण भूमिका खेल्ने छ । चीनको विमान निर्माता कम्पनीले तयार पारेको यस ड्रोंनको नाम मरिन लिजर्ड राखिएको छ । अप्रैल ८ मा चीनको हुवई प्रान्तमा सफलतापुर्वक परिक्षण गरिएको यस ड्रोंनको रेञ्ज १२०० किलोमिटर सम्म रहेको छ ।

२० किलोमिटर प्रति घण्टाको रफ्तारले तोकिएको लक्ष्यसम्म पुग्न सक्ने यो ड्रोंनको पेलोड़मा जडित इलेक्ट्रो अप्टिकल सिस्टम र राडार सिस्टमले प्रतिपक्षीको योजनालाई पहिले नै संकेत गर्ने छ । यस ड्रोंनले प्रकृतिको सहाराले दुश्मनहरुको अड्डा पत्ता लगाउन सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]