Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

नयाँ बर्षमा नेपाल टेलिकमको अफर

२०७५ चैत्र २९ गते

बैंकिङ खबर । नेपाल टेलिकमले नयाँ वर्ष अफर २०७६ ल्याएको छ । अफरको रुपमा नेपाल टेलिकमले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । उक्त प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिनेछ ।

ग्राहकहरुले सो प्याकको अवधि खरिद गरे पछि ५ दिनसम्म चलाउन सक्नेछन् । प्याक २०७५ चैत ३० देखि २०७६ वैशाख २ गतेसम्म खरिद गर्न सकिने छ । प्याक प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नुपर्नेछ ।

उक्त एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । तथा कम्पनीको वेबसाइट धधध.लतअ.लभत.लउमार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने नेपाल टेलिकमले जनाएको छ ।