Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

असार अन्तिम सातामा मौद्रिक नीति

२०७३ जेष्ठ २४ गते

monetary-policyनेपाल राष्ट्र बैंकले आगामी असारको अन्तिम साता मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । सरकारी कार्यक्रमलाई सघाउँदै मूल्य बृद्धि नियन्त्रण र आर्थिक बृद्धिलाई सघाउने गरी बजेटपछि मौद्रिक नीति सार्वजनिक गर्ने चलनअनुसार राष्ट्र बैँकले मौद्रिक नीति ल्याउन लागेको हो । बजेट गत जेठ १५ गते सार्वजनिक भएको थियो । राष्ट्र बैंकले भने एकदेखि डेढ महिनाको देशको वर्तमान आर्थिक अवस्थाका  थप तथ्यांकहरु विश्लेषण गरेर मात्रै मौद्रिक नीति सार्वजनिक गर्ने योजना बनाएकाले असार अन्तिम साता पुगेको जनाएको छ ।