मोबाइल सेवा प्रदायक कम्पनि एनसेलको पुँजी वृद्धिसम्बन्धि प्रस्ताव स्विकृत नहुने भएको छ । सरकारलाई पुँजीगत लाभ कर नतिरेको भन्दै संसदको अर्थ समितिले एनसेल प्रालीको सबै व्यवसायिक योजनलाई रोक्दै पुँजी बृद्धिको प्रस्तावलाई स्वीकृति नदिन निर्देशन दिएको छ । शुक्रबार विहान सिंहदरवारमा बसेको अर्थसमितिको वैठकले एनसेलले प्रस्ताव गरेको पुँजी बृद्धि योजना तत्काल रोक्नु सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो ।
एनसेलले औद्योगिक प्रवर्धन वोर्डसँग पुँजी बृद्धि गर्नका लागि स्वीकृत मागेको थियो । वोर्डका सदस्यहरुले विशेष अध्ययनबीना पुँजी बृद्धिको अनुमति दिन नसकिने भन्दै उद्योग मन्त्रालयका सचिवको नेतृत्वमा समिति बनाएको छ । अहिले एनसेलको चुक्ता पुँजी १० करोड, अधिकृत पुँजी १७ अर्ब र जारी पुँजी दुई अर्ब ५० करो८ रुपैयाँ छ । एनसेलले कुल पुँजी ७५ अर्ब ८४ करोड ८४ लाख ७० हजार रुपैयाँ पुँजी पुर्याउने प्रस्ताव गरेको छ । उसले ४९ अर्ब ४८ करोड ५७ लाख ७० हजार रुपैयाँ स्थिर पुँजी र २६ अर्ब ३६ करोड २७ लाख रुपैयाँ चालु पुँजी बृद्धि गर्ने प्रस्ताव गरेको छ ।