March 7th, 2019

भार्गव विकास बैंक, जेबिल्स र युनाइटेड फाईनान्स connectIPS मा आवद्ध

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment प्रणालीमा आजबाट कारोबार शुरु गर्ने गरि भार्गव विकास बैंक, जेबिल्स फईनान्स र युनाइटेड फईनान्सलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । बैंक तथा फईनान्स कम्पनीका ग्राहकहरुले पनि अब यस प्रणालीको www.connectips.com अथवा मोबाईल एप्सबाट आफ्नो खाता मार्फत अनलाईन कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंक तथा फाईनान्स कम्पनीकाग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी,लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड रअनलोड, सेयर ब्रोकरको भुक्तानी, डिम्याट् र मेरोसेयरको नविकरण भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् ।

उक्त प्रणालीमा उपलब्ध पेमेन्ट गेटवेजडान भएकामर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । यसबाट ग्राहकले अनलाईन कारोबार १ लाख सम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]