बैंकिङ पहुँच विस्तारमा टेक्नोलोजीको प्रयोग अपरिहार्य 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले बैंकिङ क्षेत्रमा देखीएका सबै समस्या हल गर्ने बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वित्तीय पहुँचमा टेक्नोलोजीको भुमिका विषेश कार्यक्रमको उद्घघाटन गर्दै उनले मौद्रिक नीतिको समिक्षाले बैंकर र व्यवसायीको माग सम्बोधन गर्ने बताएका हुन् । 

ब्याजदर उच्च भएको गुनासो धेरै आएपछि त्यसको समाधानको लागि विभिन्न नीतिगत परिवर्तन गरेको बताउँदै बैंकिङ क्षेत्रमा लगानीयोग्य पूँजी अभाव समस्या समाधानको लागि पुर्नकर्जा कोषको सिमा बढाउनुको साथै बैंकहरुले विदेशबाट ल्याउन पाउने ऋणको सिमा पनि बढाएको उनले बताए ।

त्यस्तै बैंकहरुले डिपोजीट लिँदा छोटो समयको मात्र लिने तर कर्जा लगानी गर्दा लामो समयको लागि गर्ने भएकाले पनि दिर्घकालीन कर्जाहरुमा समस्या देखीएको उनले बताए । त्यसैले दिर्घकालीन फण्डको लागि लङट्रम ऋणपत्रहरुलाई प्राथमिकता दिएको र निर्यात प्रवद्र्धनको लागि निर्यात कर्जाको ब्याजदरलाई ४ दशमलव ५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारीएको, बैंकहरुले कल डिपोजीटलाई प्राथमिकतामा राखेकोले त्यसलाई निरुत्साहित गर्नको लागि कल डिपोजिटको सिमालाई १० प्रतिशत कायम गरीएको उनले बताएका छन् । 

उनले यस बाहेक कतै समस्या भए बैंकर र व्यवसायीसँग एकैठाउँमा बसेर छलफल गरी समस्या समाधान गर्न राष्ट्र बैक तयार रहेको बताए । 
कार्यक्रममा बोल्दै सिवाकोटिले राष्ट्र बैंकले फाइनान्सियल टेक्नोलोजीलाई पनि प्राथमिकतामा राखेको बताए । आर्थिक कारोबारलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले रियल टाइम पेमेन्ट सेटलमेन्ट सिस्टम तथा नेशनल पेमेन्ट स्वीचको पनि विकास गरिरहेको उनले बताए । प्रविधिको यूगमा फाइनान्सीयल टेक्नोलोजी अपरिहार्य रहेको सिवाकोटीले बताए ।
त्यस्तै राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले नेपालमा वित्तीय पहुँचको अवस्था अत्यन्तै कमजोर रहेको बताएका छन् । वित्तीय पहुँच विस्तारको लागि फाइनान्सीयल टेक्नोलोजीको भुमिका महत्वपुर्ण हुने उनले बताए । नेपालमा फाइनान्सीयल सिस्टम विकासको क्रममा रहेकोले वित्तीय पहुँच विस्तार हुन नसकेको भन्दै उनले वित्तीय क्षेत्र स्थायीत्वको दायीत्व राष्ट्र बैंकको हो, तर वित्तीय पहुँचको विस्तार र समावेशि बनाउने दायीत्व भने सरकारको रहेको उनले बताए । 

सरकारले चाहेमा वित्तीय पहुँच विस्तारले फड्को मार्ने उदाहारण भारत रहेको थापाले बताए । सन् २०११ मा भारतको वित्तीय पहुँच ३५ प्रतिशत हुँदा नेपालमा २५ प्रतिशत रहेको र अहिले भारतको वित्तिय पहुँच ८० प्रतिशत पुग्दा नेपालको वित्तीय पहुँच ४५ प्रतिशत मात्र रहेका छ । भारत सरकारले सन् २०१४ पछाडी जारी गरेको पुर्ण डिजिटल आधार कार्डले वित्तीय पहुँच विस्तारमा महत्वपुर्ण योगदान दिएको उल्लेख गर्दै नेपालमा पनि  सरकाले चाहेमा वित्तीय पहुँच विस्तारमा फड्को मार्न सक्ने उनले बताए । 

त्यस्तै डिजीटल पेमेन्ट सिस्टमको विषयमा  प्रिजेन्टेसन गर्नुभएकि  प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामाले पहिले  प्रविधिको विकास गरेर मात्र त्यसको पहुँचको विषयमा ध्यान दिनुपर्ने बताईन् । उनले भनिन् नेपालमा अहिले  प्रविधिको विकास भइरहेको छ कसरी त्यसको प्रयोगले फड्को मार्न सक्छ । 

प्रिजेन्टेसन गरेका अर्का प्रस्तोता हरीराम रिमालले बैंकिङ क्षेत्रमा फिजीकल एक्ससाईज गर्नुभन्दा उच्चतम प्रविधिको प्रयोग गर्न सके बैंकिङ क्षेत्रलाई पहुँच विस्तारमा सहयोग हुने बताए । ग्रामिण बैंकिङ प्रविधको विषयमा प्रिजेन्टटेसन गरेका यूवराज थापाले सहर केन्द्रित रहेको बैंकिङ प्रविधिलाई अव ग्रामिण क्षेत्रमा पनि विस्तार गर्नुपर्ने बताए । 

बीमा प्रविधिको विषयमा प्रिजेन्टटेसन गरेका खुशल रेग्मीले विस्तारको क्रममा रहेको बीमा पहुँच लाई अझै विस्तारीत गर्न बीमा प्रविधिको विकास जरुरी रहेको र केहि प्रविधि भने सुरु भइसकेको बताए ।

कार्यक्रमको अध्यक्षता गरेका मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले वित्तीय सारक्षरताको लागि पनि बैंकिङ टेक्नोलोजी आवाश्यक रहेका र बैंकिङ टेक्नोलोजी सहरमा मात्र हैन गाउँ गाउँमा पनि आवाश्यक रहेको बताए । फाइनान्सियल नोटिसेसको मोबाइल एप्सको पनि सार्वजानीक गरीएको उक्त कार्यक्रम मिडिया इन्टरनेसनको आयोजना, फाइनान्सियल नोटिसेसको सहकार्य, विग टेक प्रा.लिको सपोर्ट र प्रभु पे सँगको पार्टनसिपमा सम्पन्न भएको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *