February 19th, 2019

सुबिसुको नयाँ शाखा रुपन्देहीको भैरहवामा

बैंकिङ खबर । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा बिस्तार गरेको छ । नयाँ शाखा कम्पनीका नेशनल सेल्स प्रमुख  युवराज कार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले उद्घाटन गरे । 

सुबिसुले भैरहवा तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसुसगँ सम्बन्धित सम्पूर्ण जानकारीहरु प्रदान गर्ने, कम्पनीका बिभिन्न सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको विक्री आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ । 

साथै भैरहवा आसपासका उपभोत्ताहरुलाई समय र ग्राहकको चाहनाअनुसार नयाँ प्रबिधी सहितको गुणस्तरीय तथा तिब्र गतिको एफटिटिएच ईन्टरनेट  तथा क्लियर टि.भि सेवा सहुलियत दरमा प्रदान गर्नेछ । 

क्लियर टिभी मार्फत २ सय ६५ भन्दा बढि (७० भन्दा बढि एच डि) च्यानलहरु हेर्न सकिने छ । भने एफटिटिएच सेवा मान्युनतम १५ एमबिपिएस गति देखि १ सय एमबिपिएस गति सम्मको ईन्टरनेट सेवा उपलब्ध रहेको छ ।

यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरुलाई ईन्टरनेट तथा टिभि सेवामा बिषेश छुट प्रदान गरेको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]