June 1st, 2016

राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनिहरुसँग माग्यो २९ करोड रुपैँया लगानी प्रस्ताव 

nrbनेपाल राष्ट्र बैंकले झन्डै २९ करोड रुपैँया लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले १ वर्षिय मुद्दति निक्षेपको रुपमा वि.सं. २०७३ असार १ गतेदेखि २०७४ जेठ ३१ गतेसम्म रकम लगानीको लागि बैंक तथा फाइनान्स कम्पनिहरुसँग प्रस्ताव माग गरेको हो । कुल लगानीमध्ये वाणिज्य बैंकहरुले २३ करोड ९५ लाख ४७ हजार, विकास बैंकहरुले ४ करोड ४९ लाख १४ हजार रुपैँया र फाइनान्स कम्पनिहरुले १ करोड ४९ लाख ७१ हजार रुपैँया लगानीको लागि प्रस्ताव पेश गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार, रकम माग गर्ने बैंकहरुले आनफूले लिन चाहेको रकम र दिन चाहेको व्याज उल्लेख गरी जेठ २१ गतेसम्ममा राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ । 

कस्ता बैंक तथा फाइनान्सले दिन पाउँछन् आवेदन ?
रकम लगानी गर्ने बैँक तथा फाइनान्स कम्पनिहरु सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको, तोकिएको न्युनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ । यसबाहेक खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैँकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, साधारण शेयर जारी गरिसकेका बैँक तथा फाइनान्स कम्पनिहरुले मात्र रकम लगानीमा सहभागी हुन पाउने राष्ट्र बैँकले जनाएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]