February 5th, 2019

कुमारी बैंकले भिसा क्रेडिट कार्डलाई थप सुरक्षित बनायो

बैंकिङ खबर । कुमारी बैंंकले भिसा क्रेडिट कार्डमा थ्री डि सेक्युर प्रोटोकलमा आधारित भेरिफाइड वाई भिसा प्रणलीको सुरु गरेको छ । बैंकका भिसा क्रेडिट कार्ड होल्डर ग्राहकहरुले उक्त कार्डबाट सुरक्षित इ कमर्स कारोबार गर्न सक्नेछन् । यस कार्डबाट अनलाईन कारोबार गर्दा कार्ड होल्डर प्रमाणीकरण विधि अनुरुप सुरक्षित हुनेछन् ।  

कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा, इ–मेल वा एसएमएसबाट वान टाइम पासर्वड प्राप्त गर्ने छन् जसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुनेछ । 

बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षित भई अनलाइन शपिङ लगायतका अतिरिक्त कारोबार गर्न सक्ने छन् । बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ सेवा लगायत अनलाइन कारोबार प्रणालीमा Consumer confidence बढ्नेमा बैंक विश्वस्त छ ।

यसैगरी, कार्डहोल्डरहरुले छिट्टै कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको ओपीटी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । समसामयिक सन्दर्भमा पहिचान चोरी लगायत अनलाइन भुक्तानीमा बढ्दो ठगीलाई न्यूनीकरण गर्दै आफ्ना ग्राहक वर्गहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा दिने प्रयत्नका साथ उक्त कार्ड संचालनमा ल्याएको बैंकले जनाएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]