Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अब ठूला आयोजनामा लगानी गर्न विदेशी बैँकलाई गुहार्नु पर्दैन : गभर्नर डा. नेपाल 

admin २०७३ जेष्ठ १८ गते
सेयर:

chiranjibi nepalगभर्नर डा.चिरंजीवि नेपालले जीवनको उर्जाशील उमेरमा बिदेशतर्फ जानुको सट्टा स्वदेशमै उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् । कैलाश विकास बैंक र मेट्रो डेभलपमेन्ट बैंक तथा नेपाल एक्सप्रेस फाइनान्सको मर्जपछि एकीकृत कारोबार शुभारम्भका अवसरमा गभर्नर डा. नेपालले बैंक तथा वित्तीय संस्थाहरुसँग आवश्यक बित्तीय सहयोग लिई देशको समग्र विकासमा अग्रसर हुन आम जनसमुदायलाई सुझाव दिए । जनताले देशमा स्थापित बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोवार गर्नुपर्ने उनको जोड थियो ।

त्यस्तै, वित्तीय संस्थाले जनताको मन जित्नका लागि निक्षेपकर्तालाई उनीहरुको बचत सुरक्षित रहेको आभास गराउन सक्नुपर्ने बताए । उनले भने ‘दिनदिनै मान्छेहरू हाम्रो पैसा बैंकले डुबायो । बचाउ बचाउ भनेर राष्ट्र बैंकमा गुहार लाउन आउने स्थिति सुखद होइन ।’ हाल १२ वटा समस्याग्रस्त वित्तीय संस्था राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा रहेको उनले बताए । एउटा ठूलो सडक वा उद्यमका लागि लगानी जुटाउनुपर्दा मुलुकले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष वा एसियाली विकास बैंकलाई गुहार्नुपर्ने अवस्था अन्त्य गर्न राष्ट्र बैंकले पुँजी वृद्धि अनिवार्यता गरेको उनले बताए । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।