January 27th, 2019

सवैभन्दा कम मासिक शुल्कमा डिशहोमले सुरु गर्यो विभिन्न प्याकेज

बैंकिङ खबर । डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागि नेपालमानै सवै भन्दा सस्तो मुल्यको मासिक मुल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ । डिशहोमले वजारकै सवै भन्दा कम मुल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ  । 

जस अन्तर्गत बाबाआमा, गृहिणी र वच्चाहरुका लगि उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २ सय ५०, खेलकुद प्रेमिहरुका लागिलक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको रु ३ सय, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एच डि प्याकेज ३ सय ५० र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएमएच डि प्याकेज  ४ सय प्रति महिनामा उपलब्ध गराएकोछ ।

माघ १० गतेवाट नयाँ ब्अतष्खबतष्यलमा यो योजना लागु हुने छ । आज भन्दा अगाडिनै डिशहोम जडान ग्राहकहरुले समेत वार्षिक रिचार्ज गरि मासिक मुल्यमा सेवा प्राप्त गर्न सक्ने छन् । उक्त सेवा डीशहोमका आधिकारिक बिक्रेताहरु कहाँ उपलब्ध छ । 

डिशहोमले ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गरिहेको छ । पिक्चर क्वालिटिमा सवै भन्दा गुणस्तरीय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाखभन्दा वढी परिवारहरु ले प्रयोग गरिरहेका छन् । 

नयाँ रिलिज नेपाली सिनेमा घरमा नै वसि हेर्न पाउने सुविधा पनि डिशहोमले नेपालमै पहिलो पटक भित्राएको छ । यसै गरि चौविसै घण्टा संचालन हुने स्वचालित ग्राहक सेवा केन्द्र, ग्राहकहरुले आफै सेवा लिन सक्ने मोवाईल एप र नेपालको कुनै पनि गाँउपालिका तथा नगरपालिका र त्यस भित्र काहरेक वडाहरुमा विक्रि पछिको सेवा प्रदान गर्न सक्ने क्षमता समेत डिशहोममा रहेको छ । 
 
डिशहोम नेपालको अग्रणी पब्लिक कम्पनीमध्ये पर्दछ । दिर्घकालिन व्यवसाय, ग्राहकहरुलाई गुणस्तरिय सेवा र हरेक नेपालीलाई सुचना तथा मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको डिशहोमले  आगामी दिनहरुमा वजारमुखी सेवाहरु थप गर्दै जाने योजनामा बनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]