January 14th, 2019

जानिराखौं एटिएमको सुरुवात र प्रयोग

बैंकिङ खबर । एटिएम अर्थात अटोमेटेड टेलर मेसिन, बैंकिङ कारोबारका लागि भरपर्दो र आधुनिक प्रयोग हो । बैंकहरुको कारोबार एटिएम मेसिको प्रयोगपछि निकै सहज बनेको छ । ग्राहकरुलाई बैंकसम्म पुग्नु नपर्ने र सुरक्षित पनि भएकाले विश्वभर यसको प्रयोग बढेको छ । नेपालमा पनि यसको प्रयोग गर्ने ग्राहकहरुको संख्या बढ्दै छ । डेविट कार्डबाट रेस्टुराँ, सपिङ सेन्टर लगायतका ठाउँमा सजिलै भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढदै गएको हो ।

एटिएमबारे केही तथ्यहरु
सन् १९६७ मा एटिएमको प्रयोग लण्डनको एक बैंकमा पहिलोपटक भएको थियो ।
बेलायती सेनामा जागिरे जोन सेफर्ड बारोनले एटिएम बनाएका हुन् । 
एटिएममा प्रयोग हुने कार्ड त्यसबेला अहिले भन्दा फरक थियो । १४ टा कार्बन लगाइएको चेकको प्रयोग गरिन्थ्यो जसलाई ‘होल इन द वाल’ नाम दिइएको थियो । 
एटिएममा प्रयोग हुने पिन नम्बर ६ अंकको राख्न खोजिएको भएपनि सेफर्ड बारोनकी श्रीमतीले चार अंक सजिलै याद हुने भनेपछि चार अंकको पिन राख्न थालिएको हो ।
सुरुमा एटिएम मेसिनबाट बढीमा १० पाउण्डमात्र झिक्न मिल्ने व्यवस्था लण्डनको बैंकले गरेको थियो ।
नेपालमा हिमालयन बैंकले सन् १९९५मा सबैभन्दा पहिला एटिएमबाट सेवा सुरु गरेको थियो । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]