January 7th, 2019

बैंकमा प्रविधिको प्रयोग बढ्दै जाँदा मोबाइल बैंकिङ लोकप्रिय बन्दै

बैंकिङ खबर । हरेक क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढदै गएको छ । मानिसहरुको व्यस्तता र इन्टरनेटको पहुँच बढदैजाँदा आफुलाई प्रविधिमा अध्यावधिक गराउँदै लगेका छन् । पछिल्लो एक दशक यता नेपालमा पनि सबै क्षेत्रमा प्रविधिले फडको मारेको छ । 

बैंक तथा वित्तीय संस्थाले पनि प्रविधिको प्रयोग बढाउँदै आधुनिक बैंकिङ प्रणालीको विकास गरिरहेका छन् । अनलाइनबाट खाता, ई–बैंकिङ, मोेबाइल बैंकिङ लगायतका सेवा सहित आधुनिक प्रविधिको प्रयोग गरिरहेका छन् । जसले गर्दा बैंकमा हुने भिड घटने विश्वास बैंकहरुको छ । 
बैंकहरुले ई–बैंकिङको प्रयोगबाट विश्वको कुनैपनि ठाउँमा पैसा पठाउन र झिक्न सक्ने सेवा समेत उपलब्ध गराइरहेका छन् । घरबाटै विभिन्न भुक्तानी, अनलाइन शपिङ, मोबाइल रिचार्ज लगायतका सेवा उपलब्ध हुदै आएको छ । जसले सर्वसाधारण्मा बैंकको पहुँच समेत बढाएको छ । आधुनिक बैंकिङ र प्रविधिको प्रयोग बढदै जाँदा बैंकिङ कारोबार पनि बढेको बैंकरहरु बताउँछन् । 

मोबाइलबाटै कारोबार गर्न पाउने भएकाले पछिल्लो समय बैंकहरुले मोबाइल बैंकिङलाई प्राथमिकताका साथ विस्तार गरिरहेका छन् । सबैको हातहातमा स्मार्ट मोबाइल हुन थालेपछि बैंकहरुले आफ्नो सेवालाई मोबाइल केन्द्रित बनाएका छन् । यसले ग्राहकहरुलाई बैंकसँग सँधै नजिक बनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]