January 3rd, 2019

बार्षिकोत्सवको अवसर पारेर सुविसुले ल्यायो तीन नयाँ अफर 

बैंकिङ खबर । सुबिसु केबलनेट प्रा. लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर सुबिसुले भयंकर अफर प्रस्तुत गरेको छ । जसमा रिटेल ग्रहाकहरु का लागि क्लियर टि.भि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवाम फरक फरक आकर्षक अफरहरु ल्याएको छ । 

क्लियर टिभि प्रिमियम प्याक अफर 
क्लियर टिभि सेवाअन्तर्गत मात्र रू ९९९ कर सहित मा १महिनाको प्रिमियम सेवा २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढी एच डि च्यानलहरुका साथै, सेट–टपबक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।

सुबिसु ईन्टरनेट फास्ट प्याक अफर 
इन्टरनेट सेवा अन्तर्गत १५ एमबिपिएस अनलिमिटेड  इन्टरनेट १ महिनाका लागि साथेैे म।ेडेम र जडान सेवा मात्र  १५ सय कर सहितमा प्राप्त गर्न सकिनेछ ।
 
सुबिसु ईन्टरनेट एण्ड क्लियर टिभी कम्भो प्याक अफर 
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत २३ सय कर सहित १ महिनाका लागि २३ अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज २ सय ६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढी एच डि च्यानलहरुका साथैं म।ेडेम सेट–टपबक्सर जडान सेवा प्राप्त गर्न सकिनेछ ।

साथै, सम्पुर्ण ग्राहकहरु मध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सब्सक्रिप्सन प्राप्त गर्ने छ । बम्पर उपहार स्वरुप१ जना  ग्राहकले स्मार्ट टिभी प्राप्त गर्न सक्नेछन् ।  बिजेताको घोषणा www.subisu.net.np /18 anniversary मा गरिने छ ।  

अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र सर्त तथा नियमहरु लागु हुनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]